विद्यालयको एकीकरण
जनता प्राईमरी स्कुल मोतीपुर र पञ्चकोशी प्राईमरी स्कुल बकुवा समाहित भई जनज्योति प्राईमरी स्कुलको रुपमा अघि बढ्यो।
About Us
समुदायको आवश्यकता, शिक्षाप्रतिको विश्वास र स्थानीय सहकार्यबाट विकसित जनज्योति माध्यमिक विद्यालयको परिचय।
History
नेपालमा औलो उन्मुलनको क्रमसँगै पहाडी जिल्लाहरुबाट तराईतिर बसाईसराई बढ्दै जाँदा यस बर्दिया जिल्लामा पनि बस्ती विस्तार हुँदै गयो। गाँस र बाँसको व्यवस्थासँगै शिक्षा र स्वास्थ्यलाई आवश्यक आधार मान्दै स्थानीय समाजसेवी तथा शिक्षाप्रेमीहरुले विद्यालय स्थापनाको पहल गर्नुभयो।
पातलो बस्ती र न्यून विद्यार्थी संख्याका कारण वि.स. २०२७ साल भदौ महिनामा जनता प्राईमरी स्कुल मोतीपुर र पञ्चकोशी प्राईमरी स्कुल बकुवामा समाहित भई श्री जनज्योति प्राईमरी स्कुल बकुवा मोतीपुरको नामले विद्यालय अघि बढ्यो।
वि.स. २०२८ सालमा बघौराको बस्तीलाई यस क्षेत्रमा सारिएपछि ऐश्वर्य प्राईमरी स्कुल पनि यही विद्यालयमा एकीकृत हुन पुग्यो।
जनता प्राईमरी स्कुल मोतीपुर र पञ्चकोशी प्राईमरी स्कुल बकुवा समाहित भई जनज्योति प्राईमरी स्कुलको रुपमा अघि बढ्यो।
विद्यालयले स्वीकृति प्राप्त गरी कक्षा ५ सम्मको शिक्षा सञ्चालन गर्यो।
कक्षा ७ सम्मको शिक्षा सञ्चालनका लागि स्वीकृति प्राप्त भयो।
समाजसेवी तथा शिक्षाप्रेमीहरुको पहलमा माध्यमिक तहसम्म विस्तार भयो।
माध्यमिक तहको माथिल्लो कक्षा सञ्चालनका लागि स्वीकृति प्राप्त भयो।
Location
प्रदेश र जिल्ला
लुम्बिनी प्रदेश, बर्दिया जिल्ला
स्थानीय तह
ठाकुरबाबा नगरपालिका वडा नं. ६
स्थान
बकुवा, आमवासा-ठाकरद्धारा जोड्ने सडकको किनार
Service Area
विद्यालय बर्दिया राष्ट्रिय निकुञ्जको जैविक विविधताले भरिपूर्ण क्षेत्रमा अवस्थित छ र यसको मुख्य सेवा क्षेत्र ठाकुरबाबा नगरपालिकाका विभिन्न वडाहरू हुन्।
Reality & Possibility
विद्यालयको प्रभावकारीता सञ्चालन भएका कार्यक्रम, स्रोत व्यवस्थापन र समुदायको सहकार्यसँग जोडिएको छ।
विद्यालयमा विद्यार्थी टिकाइ राख्न, भर्ना प्रतिशत बढाउन, शिक्षणमा प्रविधिको प्रयोग गर्न र विद्यार्थी पोषण कार्यक्रम सञ्चालन गर्न आर्थिक तथा व्यवस्थापकीय पक्षमा विशेष जोड दिनु आवश्यक देखिन्छ।
Programs
प्रारम्भिक बाल्यकाल विकास कार्यक्रम
कक्षा १ देखि १२ सम्मको तहगत शिक्षा
खेलकुद, कला र सिर्जनात्मक गतिविधिहरु