कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुको सिकाइ उपलब्धि आगामी ५ वर्षमा ८० प्रतिशतभन्दा माथि पुर्याउने।
Vision & Objectives
दूरदृष्टि र उद्देश्य
प्रविधिमैत्री, सिर्जनात्मक र जीवनोपयोगी शिक्षाबाट विद्यार्थीको सर्वाङ्गीण विकास गर्ने शैक्षिक दिशा।
Vision
विद्यालयको दूरदृष्टि
बालबालिकाको सर्वाङ्गीण विकासका लागि प्रविधिमैत्री, सिर्जनात्मक तथा जीवनोपयोगी शिक्षासहितको उत्कृष्ट सिकाइकेन्द्रको रुपमा परिचित गराउने।
Objectives
उद्देश्यहरू
आगामी वर्षहरुमा विद्यालयलाई नतिजा, पूर्वाधार, प्रविधि, चरित्र निर्माण र समुदाय सहभागितामा सुदृढ बनाउने उद्देश्य।
कक्षा ११ र १२ को नतिजा आगामी ५ वर्षमा B भन्दा माथि ल्याउने।
विद्यालय भवन, चमेना गृह, ई-लाइब्रेरी र बहुउद्देशीय भवन सहितका भौतिक पूर्वाधारहरुको विकास गर्ने।
अनुशासित, परिश्रमी, मिलनसार, राष्ट्र र समाजप्रति जिम्मेवार भावना सहितको चरित्र निर्माण गर्ने।
अभिभावक तथा सम्बद्ध सरोकारवालाको विद्यालयमा सहभागिता अभिवृद्धि गर्ने।
बालप्रतिभाको पहिचान गर्न सिर्जनात्मक कार्यक्रम सञ्चालन गर्ने।
विद्यालयलाई बालमैत्री, हरित, शान्त, सफा तथा सुरक्षित सिकाइ केन्द्रको रुपमा विकास गर्ने।
सिकाइ प्रक्रियालाई सूचना प्रविधिसँग जोड्ने वातावरण सिर्जना गर्ने।
शिक्षकहरुलाई सूचना र प्रविधिको प्रयोग सम्बन् संबंधी प्रबोधीकरण गर्ने।
खेलकुद, सांस्कृतिक तथा अतिरिक्त क्रियाकलापहरुमा विद्यार्थीको संलग्नता बढाउने।
सबै कक्षा र तहका विद्यार्थीको औसत सिकाइ उपलब्धि वृद्धि गर्दै लाने।
जिम्मेवार अभिभावक, उत्तरदायी शिक्षक-कर्मचारी र लगनशील विद्यार्थीको भूमिका सुदृढ गर्ने।
विद्यालय शिक्षामा STEAM शिक्षण विधिलाई एकीकृत गर्ने।
विद्यालयलाई समुदायको अग्रणी सिकाइ केन्द्रको रुपमा नेतृत्व विकास गर्ने।
विद्यार्थी केन्द्रित सिकाइका लागि ICT तथा प्रवर्तनात्मक शिक्षण विधिसहित २१ औं शताब्दीका सीपहरुको विकास गर्ने वातावरण सिर्जना गर्ने।
Focus Areas
मुख्य फोकस क्षेत्रहरू र २१ औं शताब्दीका सीपहरू
प्रविधिमैत्री
सिकाइमा सूचना प्रविधिको अर्थपूर्ण प्रयोग
सिर्जनात्मक
बालप्रतिभा पहिचान र अभिव्यक्तिको अवसर
जीवनोपयोगी
व्यवहारिक ज्ञान र सीपमा आधारित सिकाइ
उत्कृष्ट
गुणस्तरीय नतिजा र सुरक्षित सिकाइ वातावरण
21st Century Skills
२१ औं शताब्दीका सीपहरू
सिकाइलाई व्यवहार, प्रविधि र सहकार्यसँग जोडेर विद्यार्थीलाई भविष्यका लागि तयार गर्ने।
Critical Thinking
आलोचनात्मक सोच
Collaboration
सहकार्य
Communication
संचार कौशल
Creativity
रचनात्मकता
Innovation
नवप्रवर्तन
Digital Literacy
डिजिटल साक्षरता
